Shangrila

सनराइज बैंकको एकै दिनमा ३ शाखा थप

काठमाडौं, १७ कात्तिक । सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार गरिएको छ। बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई सहज सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्ने क्रममा ति स्थानमा शाखा सञ्चालन गरेको जनाएको छ । योसँगै बैंकको कुल शाखा संख्या १ सय ३९ पुगेको छ ।

यस्तै बैंकले ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएम मार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *