प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने
काठमाडौं, १९ कात्तिक । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डको ऋणपत्र जारी गर्न अनुमति माग गरेको छ । बोर्डबाट अनुमति पाएसँगै ऋणपत्र जारी हुनेछ ।
कुल कित्तामध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिने जानकारी दिइएको छ ।
८ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।