Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटक बढेपछि संक्रमणको त्रासमा व्यवसायी : कतै पिसिआर रिपोर्ट अनिवार्य, कतै होटल लज नै बन्द

पर्यटक बढेपछि संक्रमणको त्रासमा व्यवसायी : कतै पिसिआर रिपोर्ट अनिवार्य, कतै होटल लज नै बन्द

काठमाडौं, १९ । कोभिड महामारीका कारण लामो समयदेखि मुलुकको पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ । महामारीका कारण बाह्य पर्यटक तत्काल आउन नसक्ने देखिएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिन थालिएको छ । विस्तारै पर्यटकीय गतिविधि खुल्दै गएका छन् भने चाडपर्वका कारण आन्तरिक पर्यटक बढेका पनि छन् । तर यससँगै सम्बद्ध व्यवसायी संक्रमणको त्रास समेत बढाएको छ ।
दशैंलगत्तै आन्तरिक पर्यटकको चहलपहल बढेपछि प्रमुख पर्यटकीय क्षेत्रमा पिसीआर रिपोर्ट अनिवार्य गर्नेदेखि होटल नै बन्द गर्ने क्रम शुरू भएको छ ।
कास्कीका दुई प्रख्यात पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरूले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीले कात्तिक २१ देखि पदयात्रामा आउनेहरूले पिसिआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेको राससमा उल्लेख छ ।
मंललवार माछापुुच्छ«े गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरू, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ«े मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकारवालाहरूको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ«ेमा आन्तरिक पर्यटकको भीड बढेको छ ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदबाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताए । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायत बस्तीहरू पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उनको भनाइ छ ।
विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ ।
मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ । यस्तै कोभिड संक्रमणको जोखिमकै कारण देखाउँदै लमजुङ र स्याङ्जाका प्रसिद्ध होमस्टेहरू समेत बन्द छन् ।
यसैगरी कोभिड–१९ को संक्रमणको त्रास बढेपछि लाङ्टाङ पदमार्गका होटल मंगलवारदेखि बन्द गरिएको छ । लकडाउन खुला भएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनः सञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौं पर्यटकीय होटल तथा लज बन्द भएको राससमा उल्लेख छ ।
चिसोयाम बढेसँगै पर्यटकको ओहोरदोहोरले लाङ्टाङ क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले केही महिनाका लागि होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाको भनाइ छ । महामारी नियन्त्रणका लागि पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका सबै होटल तथा लज बन्द गरिएको वडा कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x