Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

२० अर्बको विकास ऋणपत्रको विक्री आज, आन्तरिक ऋण उठाउने चौमासिकको लक्ष्य पूरा हुने

२० अर्बको विकास ऋणपत्रको विक्री आज, आन्तरिक ऋण उठाउने चौमासिकको लक्ष्य पूरा हुने

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले निष्कासन गरेको २० अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल आज (बुधवार) हुँदै छ । दशवर्षे अवधिको उक्त परिमाणको ‘विकास ऋणपत्र २०८७ घ’ को विक्री अपराह्न २ बजेसम्ममा गरिने जानकारी राष्ट्र बैंकले दिएको छ । अर्धवार्षिक रूपमा ब्याज उपलब्ध गराइने यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक समेत खरिद गर्न सक्नेछन् ।
विक्रीका लागि छुट्याइएको कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र ३ अर्ब रुपैयाँ छुट्याइएको छ । सोमध्ये अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने केन्द्रीय बैंकले बताएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउनेछैनन् ।
सरकारले चालू आर्थिक वर्षभित्र रू. २ खर्ब २५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ, जसअनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब उठाउनुपर्नेछ । राष्ट्र बैंकले यसअघि विकास ऋणपत्रको माध्यमबाट रू. ३० अर्ब र ट्रेजरी बिलबाट रू. ७ अर्ब उठाइसकेको छ । आज विकास ऋणपत्रमार्फत रू. २० अर्ब उठाएसँगै आन्तरिक ऋण उठाउने चालू आवको चौमासिक लक्ष्य पूरा हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *