Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पुनर्निर्माण तथा प्रबलीकरणका लाभग्राहीले मङ्सिर मसान्तभित्र अनुदान सम्झौता गरिसक्नुपर्ने

पुनर्निर्माण तथा प्रबलीकरणका लाभग्राहीले मङ्सिर मसान्तभित्र अनुदान सम्झौता गरिसक्नुपर्ने

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । प्राधिकरण कार्यकारी समितिको शुक्रवार बसेको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मङ्सिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरको भनाइ उद्धृत गर्दै रासससले उल्लेख गरेको छ ।
प्रधिाकरणका अनुसार पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।
राससका अनुसार प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने सहप्रवक्ता घिमिरले जानकारी दिएका छन् । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन प्राधिकरणले आह्वान गरेको छ । प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रबलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x