Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक १२ अंकले वृद्धि, ३ अर्ब ५२ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक १२ अंकले वृद्धि, ३ अर्ब ५२ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १२.४९ अंक वृद्धि भएको छ । गत कारोबार दिन बिहीबार ४ अंक घटेको बजार आज १६४८.४९ विन्दुमा उक्लिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि वृद्धि भएको छ । गत कारोबार दिन २ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज उक्त रकम वृद्धि भएर ३ अर्ब ५२ करोड ६७ लाख रुपैयाँमा शेयर खरिद विक्री भएको छ । १९८ कम्पनीको ४१ हजार ७६७ पटकको कारोबारमा एक करोड ४लाख ६३ हजार ४५६ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २५ करोड ९२ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ८९४ कायम भएको छ ।

हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ्ग समूहको ०.०९ प्रतिशत र विकास बैंक समूहको ०.३२ प्रतिशत परिसूचक घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x