Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो

काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधीमा ३३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

गत वर्षको यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले खुद नाफा घट्न घट्न पुगेको बताइएको छ। खुद ब्याज आम्दानी २८.५६प्रतिशतले र सञ्चालन नाफा ५१.५४ प्रतिशतले घटेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x