Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजारमा लगानीकर्ताको उत्साह कायमै, परिसूचक २५ अंक बढ्दा ४ अर्बभन्दा बढीको कारोबार

शेयर बजारमा लगानीकर्ताको उत्साह कायमै, परिसूचक २५ अंक बढ्दा ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ कात्तिक । पछिल्लो केहि दिनयता शेयर कारोबरामा उत्साह छाएको छ । केही कारोबार दिनहरुमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उलेख्य वृद्धि हुन थालेको हो ।
आज नेप्से परिसूचक २५.९८ अंक वृद्धि भई १्र्र६७८.७९ विन्दुमा उक्लिएको छ । त्यस्तै कारोबार रकममा पनि उलेख्य वृद्धि भएको छ । आज ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । हिजो साढे ३ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

१९६ कम्पनीको ३८ हजार ६३४ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ९६१ रुपैयाँ कायम भएको छ ।

दोस्रोमा सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २३ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको अन्तिम शेयर मूल्य एक हजार ४९६ रुपैयाँ कायम भएको छ ।

सर्वाधि शेयर मूल्य वृद्धि हुनेमा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल दूर सञ्चार कम्पनी लिमिटेड रहेका छन् । कर्पाेरेट बैंक र साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ भने सानिमा जनरल इन्स्योरेन्स र नेपाल दूर सञ्चारको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये हाईड्रोपावर र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । हाईड्रोपावर समूहको ०.०५ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.१७ प्रतिशत परिसूचकमा कमी आएको हो । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको परिसूचक ७.८७ प्रतशितले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x