Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पहिलो त्रैमासमा कामना सेवा बैंकले २० करोडभन्दा बढी खुद नाफा गर्याे

पहिलो त्रैमासमा कामना सेवा बैंकले २० करोडभन्दा बढी खुद नाफा गर्याे

काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि भएको हो । बैंकले गत आ.व.को यसै अवधिमा एक करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो ।

बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो । बैंकले असोज मसान्तसम्म ३६ अर्व ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामात्र क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशत वृद्धि हो ।

हाल बैंकले १२४ वटा शाखा कार्यालय र ६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x