Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तिहारको विदामा बैंकका शाखा बन्द रहने, डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिन आग्रह

तिहारको विदामा बैंकका शाखा बन्द रहने, डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिन आग्रह

काठमाडौं, २५ कात्तिक । तिहारको विदामा ३ दिन बैंकहरु नखुल्ने भएका छन् । नेपाल बैंकर्स संघले तिहारको विदामा कार्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म गरि ३ दिन बैंकका शाखाहरु नखुल्ने जनाएको हो ।

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएकोले शाखा नखोल्ने निर्णय गरेको बताएको छ । संघका अनुसार हालसम्म वाणिज्य बैंकका ६ हजार धेरै कर्मचारीहरु संक्रमित भईसकेका छन् ।

संघले शाखा बन्द हुने भएपनि डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ । अघिल्ला वर्षहरुमा भने तिहार विदाको समयमा पनि बैंकका सिमित शाखाहरु खुल्ने गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x