Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल लाईफले घोषणा गर्यो ७० प्रतिशत लाभांश

नेपाल लाईफले घोषणा गर्यो ७० प्रतिशत लाभांश

काठमाडौं, १४ फागुन । नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालार्ई ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनको लागि समेत गरेर २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।
नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x