Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३२ औं वर्ष पूरा

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३२ औं वर्ष पूरा

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाको ३२औं वर्ष पूरा गरेको छ । यस अवधिमा आफ्ना ग्राहकहरुको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको भन्दै बैंकले सबैलाई धन्यावाद दिएको छ।

यस बैंकको हाल आठ लाखभन्दा बढी ग्राहकलाई ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवाप्रदानगर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथ ाएनपिएन सदस्य बैंकका एटिएम रहेको बताइएको छ।

त्यस्तै बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले रु १ अर्ब ८३ करोड खुदनाफागर्न सफलभएको छ । सो अवधी सम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने निस्क्रियकर्जालाई १.१२प्रतिशतमा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x