Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

महासंघ निर्वाचनमा प्रधानलाई सघाउने सुदुर पश्चिमका व्यवसायीको बाचा

महासंघ निर्वाचनमा प्रधानलाई सघाउने सुदुर पश्चिमका व्यवसायीको बाचा

काठमाडौं, २७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन् । यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।

आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरु सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिबद्धता जनाएका छन । महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत् निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् ।

बुधवार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबधता जनाएका हुन् । भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ । भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता रहेको थियो ।

डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनीहरुले भर्चुअल माध्यमबाट किशोर प्रधानलाई एक ढिक्का भएर समर्थन गर्ने प्रतिबधता जनाएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x