Shangrila

नेपाल लाइफ इन्स्योरेन्सको खुदनाफा १२ प्रतिशतले बढ्यो

काठमाडौं, २८ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदनाफा १२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको खुदनाफा २० करोड ४४ लाख रुपैयाँ थियो । पहिलो त्रैमासको नाफामा बिमांकीय मूल्याकंनपछिको नाफा समावेश नगरिएको कम्पनीले जनाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यसअवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३१ प्रतिशतले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख ९५ हजार रुपैयाँ थियो ।

कम्पनीको चुक्तापुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *