Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार

लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार

काठमाडौं, ४ मंसिर । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरू ललितपुरको ललितपुर महानगरपालिका–८ पाटन, सुन्धारा, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ मूलपानी र काठमाडौंको टोखा नगरपालिका–३, टोखामा रहेका छन् ।
यी ३ नयाँ शाखाहरूको स्थापनासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x