Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेप्से परिसूचक ४ वर्ष यताकै उच्च विन्दुमा , कारोबार रकममा पनि नयाँ रेकर्ड

नेप्से परिसूचक ४ वर्ष यताकै उच्च विन्दुमा , कारोबार रकममा पनि नयाँ रेकर्ड

काठमाडौं, ४ मंसिर । शेयर बजारमा आज पनि दोहोरो अंकको बृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा उक्लिएको छ । यो पछिल्लो ४ वर्ष यताकै उच्च विन्दु हो ।

परिसूचक बढेसँगै पछिल्लो केही दिनयता कारोबारमा पनि निकै सुधार हुँदै आएको छ। आज पनि झन्डै सवाँ ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार १ सय ९८ कम्पनीको ६ अर्ब ६ अर्ब ११ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा पनि यो कारोबार ऐतिहासिक हो ।

आज तारागाँउ रिजेन्सी होटल, युनिलिभर नेपाल र बोटलर्स नेपाल (तराई) लिमिटेड सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा परेका छन् । यी कम्पनीहरुको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै गुमाउनेमा मेगा बैंकको प्रमोटर शेयरका लगानीकर्ताहरु रहेका छन् । यसको शेयर मूल्यमा आज ३.१७ प्रतिशतको गिरावट आएको छ।

कारोबारमा आएका १२ वटै समूहमा आज बृद्धि भएको छ । सबैभन्दा धेरै निजीवन बीमा कम्पनीको ३ सय ९९.६ अंकले बृभि भएको छ ।

पछिल्लो समय शेयर कारोबार रकममा उल्लेख्य रुपमा बृद्धि हुनलाई विश्लेषकहरुले अनलाईन कारोबारको उपज ठानेका छन् । अनलाईन कारोबारले गर्दा घरमै बसीबसी शेयर खरिदबिक्री गर्न सक्ने हुँदा लागनीकर्ताहरु आकर्षित भएको उनीहरुको अनुमान छ । त्यस्तै, अर्को कारणका रुपमा भने कोरोनाले अन्य क्षेत्र शिथिल भएकाले उपयूक्त लगानीको रुपमा शेयर बजारलाई रोजेको र बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएका कारण सहज रुपमा ऋण प्रवाह गरेकाले पनि कारोबारमा उल्लेख्य बृद्धि भएको विश्लेषण छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x