Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सुनकोशी गाँउपालिका स्थानीयले राष्ट्रिय वाणिज्य बैंकबाट सहज कर्जा पाउने

सुनकोशी गाँउपालिका स्थानीयले राष्ट्रिय वाणिज्य बैंकबाट सहज कर्जा पाउने

काठमाडौं, ४ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । आज उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाँउपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने जानकारी दिइएको छ।

कार्यक्रममा बागमती प्रदेशसभाका सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x