Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारा गोलधापमा

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारा गोलधापमा

काठमाडौं, ४ मंसिर । सन्राइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५३ पुगेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा सुमन राईलाई नियुक्त गरेको छ । बिहीवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना मगरको उपस्थिति थियो ।
समारोहमा अर्जुनधारा नगरपालिका मेयर राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले बताएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बताएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग्य सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा संचालन गर्दै जाने योजना रहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x