Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक सातामा चमसुरको सागको मूल्य ६६ प्रतिशतले बढ्यो

एक सातामा चमसुरको सागको मूल्य ६६ प्रतिशतले बढ्यो

काठमाडौं, ६ मंसिर । गत कात्तिक २९ गतेको तुलनामा चमसुरको सागको मूल्य ६६ प्रतिशतले वृद्धि भएको छ । २९ गते शनिबार प्रतिकेजी ८७ रुपैयाँमा खरिद भएको चमसुर आज प्रतिकेजी १४५ रुपैयाँ पुगेको हो ।

तर, तोरीको साग, पालुगोको साग, जिरीको साग र मेथिको सागको मूल्य भने घटेको छ । गत एक सातायता तोरीको सागको मूल्य ६.२५ प्रतिशत, पालुगोको सागको मूल्य १३.७९ प्रतिशत, जिरीको सागको मूल्य ६८.९७ प्रतशित र मेथीको सागको मूल्य २.३० प्रतिशतले घटेको छ । रायोको सागको मूल्य भने गत शनिबारको मूल्य बराबरनै रहेको छ । आज रायोको सागको मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको छ ।

एक हप्तामा हरियो धनिया ४०.१५ प्रतिशत, घिउसिमी ३१.५८ प्रतिशत र हरियो अकबरे कुर्सानी २२.२२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x