Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आवासीय पर्यटक घटेपछि पुनः खस्कियो सौराहाको पर्यटन व्यवसाय

आवासीय पर्यटक घटेपछि पुनः खस्कियो सौराहाको पर्यटन व्यवसाय

चितवन, ७ मंसिर । आवासीय पर्यटक घटेपछि सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । दशैं बिदामा उल्लेख्य संख्यामा आवासीय पर्यटक आगमनले सम्बन्धित व्यवसायी उत्साहित बनेका थिए । तर पछिल्लो समय यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक भए पनि आवासीय पर्यटक घट्दै गएका छन् ।
सौराहामा दशैंको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । विस्तारै पर्यटक आगमन बढ्ने अपेक्षा व्यवसायीले गरेका थिए । तर पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको उनीहरूले बताएका छन् ।
दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको संख्या निकै न्यून रहेको सौराहास्थित जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उनको भनाइ छ ।
यसरी घुम्नेहरू चितवन र छिमेकी जिल्लाका हुने गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलमा बस्ने पर्यटकको संख्या न्यून छ । कोरोना संक्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा राप्ती किनारका पबहरूमा आन्तरिक पर्यटक आउने गरेको बताउँछन् ।
चैत ११ गतेदेखि बन्द भएका होटल साउनमा केही दिन खुलेर पुनः बन्द भएका थिए । असोज १ गतेदेखि खोलेका खुलेका होटलले अपेक्षित व्यवसाय गर्न सकेका छैनन् ।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक सौराहामा रात बिताउने गर्दछन् । त्यहाँ आएकाले निकुञ्जभित्र जीप सफारी, पैदल र डुङ्गा सयर गर्दछन् भने निकुञ्जबाहिर मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी र जीप सफारी गर्ने गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x