Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुटवल पावरको शेयर भर्ने आज अन्तिम दिन

बुटवल पावरको शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं, १५ फागुन ।  बुटवल पावर कम्पनीले निष्कासन गरेको एफपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बुटवल पावरले प्रति साधारण शेयर १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता शेयर निष्कासन गरेको छ। आइतबारसम्ममा झण्डै ८३ हजार आवेदकबाट ७० प्रतिशतको हाराहारीमा आवेदन परेको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।
पहिलो चरणमा अधिकांश आवेदन १० कित्ताको लागि परेको हुँदा सबै शेयर नउठेको क्यापिटलले जनाएको छ।
कम्पनीले माघ १५ गते देखि निष्कासन गरेको भए पनि अझै ३० प्रतिशत बिक्री हुन बाँकी छ। कम्पनीले पहिला सर्वसधारणको लागि मात्र निष्कासन गरेको भए पनि माघ २६ गतेदेखि संगठित संस्थाहरुको लागि पनि बिक्री खुला गरेको छ। आज सबै शेयर बिक्री नभएमा अण्डरराइटरले उठाउनु पर्ने हुन्छ। कम्पनीले अहिले निष्कासन गरेको मूल्य भन्दा आइतबारको बजार मूल्य ३३ रुपैयाँले बढी छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x