एनआईसी एशिया लघुवित्तलाई उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मान प्रदान
काठमाडौं, ८ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा हिजो आयोजित एक कार्यक्रमकाबीच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन ।
जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको लघुवित्तले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको जनाइएको छ । संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिव ११ लाख र आयकर अन्तर्गत ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा ८ करोड ५७ लाख रुपैयाँ योगदान गरेको छ ।
संस्थाले हाल १ सय २० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करिव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिइएको छ।