सोमबार नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो
काठमाडौं, ८ मंसिर । सोमबार (आज) शेयर बजार घटेर बन्द भएको छ । कारोबारको सुरुवाती समयमा बढेको बजार अन्ततिर आएर २.३८ अंकले घटेर बन्द भएको हो ।
आज कारोबारमा आएका १२ समूह मध्ये ४ समूहमा सुधार आएपनि अन्य भने घटेको छ । बैंकिङ, टे«डिङ, होटल र उत्पादन तथा प्रशोधन समूहमा सुधार आएको छ ।
बजार घटेको आजको दिन कारोबारमा पनि हिजोको जस्तो उत्साह छैन् । १ सय ९९ वटा कम्पनीको ४ अर्व ७६ करोड रुपैयाँको कारोबार भएको छ । हिजो भने ६ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी र हिमालयन डिष्टीलरि लिमिटेडको लागानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस्तै एनआइशी एसिया ब्यालेन्स फन्ड र सिटीजन्स म्यूचुअल फन्ड १ का लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।
सबैभन्दा धेरै शेयर कारोबार भने नेपाल बैंकको भएको छ। बैंकको ३० करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।