Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फोनपेद्वारा ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक

फोनपेद्वारा ‘क्यूआरमा  उपहार’ योजना सार्वजनिक

काठमाडौं, ८ मंसिर । फोन पे पेमेन्ट सर्भिसले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको बताइएको छ ।

जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक÷एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिने बताइएको छ । बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ । यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x