Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चालु आवको चार महिनामा वस्तु आयातमा १०.६२ प्रतिशतले कमी, निर्यात भने बढ्यो

चालु आवको चार महिनामा वस्तु आयातमा १०.६२ प्रतिशतले कमी, निर्यात भने बढ्यो

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा वस्तु आयतमा कमी आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वस्तु आयातमा १०.६२ प्रशितले कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यस अवधिमा निर्यातमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

विभागको तथ्यांकअनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x