Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से परिसूचकले १८०० विन्दु नाग्यो, मंगलबार ५ अर्ब ४४ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचकले १८०० विन्दु नाग्यो, मंगलबार ५ अर्ब ४४ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, ९ मंसिर । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक १८०० विन्दु पार गरेर रोकिएको छ । आज नेप्से परिसूचक २९.६८ अंक वृद्धि हुँदा १८१०.११ विन्दुमा रोकिएको हो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२८ प्रतिशत वृद्धि भई ३४९ विन्दुमा पुगेको छ । १९६ कम्पनीको ४९ हजार ७८३ पटकको कारोबारमा १ करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर ५ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सबैभन्दा बढी मूल्यको शेयर खरिद विक्री एनआईसी एशिया बैंकको भएको छ । यो बैंकको ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज एनआईसी एशिया बैंकको शेयर मूल्य ६९७ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २८ करोड ५१ लाख र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २५ करोड ८२ लाख रुपैयाँभन्दा बढी मूल्यको शेयर खरिद विक्री भएको छ ।

मंगलबार बोटल्स् नेपाल (तराई) लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत वृद्धि भएको हो । यो कम्पनीको शेयर मूल्य आज १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ११ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी होटेल समूहको परिसूचक घटेको छ । यो समूहको १.६५ प्रतिशत परिसूचक घटेको हो । आज सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको परिसूचक ८.२३ प्रतिशतले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x