Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जोखिम मूल्यांकन गरी सबै मुलुकमा उडानको अनुमति, धार्मिक स्थलहरू तत्काल नखुल्ने

जोखिम मूल्यांकन गरी सबै मुलुकमा उडानको अनुमति, धार्मिक स्थलहरू तत्काल नखुल्ने

काठमाडौं, १० मंसिर । सरकारले कोभिड–१९ संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकता आधारमा सबै मुलुकमा उडान अनुमति दिने निर्णय गरेको छ । मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको जानकारी दिए ।
विभिन्न सरकारी कार्यालयहरूमा एक दुई जनामा संक्रमण देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेको भन्दै सीसीएमसीले त्यस्तो नगर्न समेत निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको सचिव गुरागाईंले जानकारी दिए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ । उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पार्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।
यसैगरी तत्काल धार्मिक स्थल भने खुला नहुने भएको छ । सीसीएमसीले मठ, मन्दिर, चैत्य, गुम्बा तत्काल खुला नगर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैतदेखि गरिएको बन्दाबन्दीयता मुलुकका धार्मिक क्षेत्रहरू बन्द छन् । धार्मिकस्थल खुलाउने विषयमा मन्त्रालयले सीसीएमसीमा प्रस्ताव गरेकोमा सीसीएमसीले अहिलेकै परिस्थितिमा मठ, मन्दिर तत्काल खुलाउन नसकिने बताएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x