Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोभिड विरुद्धको खोप प्राप्तिमा सरकारको प्रयास, विभिन्न मुलुकलाई पठाइयो कूटनीतिक नोट

कोभिड विरुद्धको खोप प्राप्तिमा सरकारको प्रयास, विभिन्न मुलुकलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं, १० मंसिर । विज्ञहरूले विश्वव्यापी महामारीको रूपमा व्याप्त कोरोना भाइरस विरुद्ध लड्न खोप (भ्याक्सिन) नै अन्तिम र भरपर्दो विकल्प हुने बताइरहँदा यसको प्राप्तिमा सरकारले पनि प्रयास थालेको छ । जस अनुसार कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई सरकारले कूटनीतिक नोट पठाएको छ । कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायत मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएको राससमा उल्लेख छ ।
केही ढिलो भए पनि कुल जनसंख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । तेस्रो चरणमा रहेकामध्ये कुन खोप खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन ।
यस्तै नेपालमा उक्त खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण गर्नुपर्ने छ । तथापि स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गर्ने र ५५ वर्ष उमेर समूह माथिलाई प्राथमिकता दिनुपर्ने एक किसिमको सुझाव प्राप्त भएको बताइएको छ । सम्भावना, प्रभावकारी र मुलुकको क्षमताका आधारमा ती खोपको छनोट हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट उत्पन्न समस्या समाधानका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको स्वास्थमन्त्री ढकालको भनाइ छ ।
कोरोना संक्रमणबाट मुलुकमा हालसम्म १ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने २ लाख २४ हजार ७८ जना संक्रमित भइसकेका छन् । यस्तै हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x