Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चालु आर्थिक वर्षको ३ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ३ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४ प्रतिशतले बढ्यो

काठमाडौं, ११ मंसिर । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट ४ प्रतिशतले कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.७ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ । वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्तिहरु कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x