Shangrila

लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, ११ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लाभांश घोषणा गरेको छ । हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५–०७६ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *