Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

१९२६ विन्दुसम्म पुगेको शेयर बजार १८९३ मा रोकियो, बिहीबार ७ अर्ब ६१ करोडभन्दा बढिको कारोबार

१९२६ विन्दुसम्म पुगेको शेयर बजार १८९३ मा रोकियो, बिहीबार ७ अर्ब ६१ करोडभन्दा बढिको कारोबार

काठमाडौं, ११ मंसिर । साताको अन्तिम कारोबार दिन (आज) नेप्से परिसूचक १८.४३ अंक वृद्धि भएर बन्द भएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको नेप्से परिसूचकले आज सर्वाधिक विन्दुको रेकर्ड तोडेको छ । आज नेप्से परिसूचक १९२५ विन्दुसम्म पुगेको थियो । तर, बजार बन्द हुँदासम्म नेप्से परिसूचक १८९३.२४ विन्दुमा झरेर रोकिएको छ ।

आज शेयर कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । हिजो करिब ५ अर्ब रपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २०१ कम्पनीको ७० हजार ३ पटकको कारोबारमा १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५८ करोड १२ लाख ९० हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य १ हजार ३३७ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो संस्थाको शेयर मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको छ । त्यसैगरी पञ्चकन्या पावर कम्पनी लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र आँखु खोला जनविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह २.७ प्रतिशत, हाईड्रोपावर समूह ०.४६ प्रतिशत, अन्य समूह १.०२ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६२ प्रतिशत रहेका छन् भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ०.०९ अंक वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह ५.३३ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x