Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उपत्यकामा ४० लाख स्मार्ट विद्युत् मिटर जडान गरिँदै

उपत्यकामा ४० लाख स्मार्ट विद्युत् मिटर जडान गरिँदै

काठमाडौं, १२ मंसिर । एशियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋणमा नेपाल विद्युत् प्राधिकरणले काठमाडाँै उपत्यकाका करिब ४० लाख पुराना मिटर परिवर्तन गरी स्मार्ट मिटर जडानको काम अघि बढाएको छ । प्राधिकरणले पाइलट प्रोजेक्टका रूपमा काठमाडौं उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका १५ हजार घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा बिहीवार आयोजित वेबनारमा बोल्दै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम शुरू गरिसकेको बताए । ‘प्राधिकरण आफ्नो बन्ने संरचना तथा सेवालाई डिजिटलाइज गर्दै अघि बढेको छ,’ उनले भने, ‘स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ, उति चाँडो हामी गुणस्तरीय विद्युत् उपभोक्तालाई दिन सक्छौं र प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ । हामीले विद्युत् उत्पादनदेखी प्रसारणलाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौं ।’
एडिबीको सहयोगमा प्राधिकरणले हाल काठमाडौंको रत्नपार्क तथा महाराजञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्तालाई ‘एनइए डिजिटल क्याम्पेन’ अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तीव्र पारिएको छ । प्राधिकरणले पहिलो चरणमा १ लाख घरायसी ग्राहकलाई स्मार्ट मिटर दिने बताएको छ । एडिबीले नेपालमा ‘पावर ट्रान्समिसन एण्ड डिष्ट्रिब्यूसन इफिसेन्सी’ परियोजनाअन्तर्गत स्मार्ट मिटरको मार्गचित्र नै बनाएर सहायता गरिरहेको छ ।
ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा प्राधिकरण अग्रसर भएको हो । यसबाट प्राधिकरणको चुहावट घटाउन, बढी विद्युत् माग हुने समयको व्यवस्थापन गर्न, सस्तोमा बिजुली उपलब्ध गराउन सम्पत्ति व्यवस्थापन, तथा ठूलो मात्रामा खर्च कटौतीलगायत काममा सहायता पुग्नेछ भने बिजुलीको भरपर्दो आपूर्ति, विद्युत् कटौती नहुने तथा समय र पैसाको बचत हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x