Shangrila

सेञ्चुरी बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा

काठमाडौं, १४ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।

नयाँ शाखा संचालनमा ल्याएसँगै बैंकको कूल शाखा संजाल १ सय १४ पुगेको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु प्रदान गदै आएको जनाएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *