Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

नेप्से परिसूचक ७५ अंकले बढ्दा ९ अर्ब २२ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक ७५ अंकले बढ्दा ९ अर्ब २२ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १४ मंसिर । पछिल्लो समय लगातार उकालो लागेको शेयर बजार आइतबार (आज) ७५.०२ अंक वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु १९६८.२७ मा पुगेर बन्द भएको हो । उच्च अंकले बढेको बजारमा कारोबार रकमले पनि एतिहासिक रेकर्ड कायम गरेको छ ।

गत कारोबार दिन बिहीबार ७ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि ग्रीन डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको भएको छ । यी बैंकहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक शेयर मूल्य घट्नेमा विशाल बजार कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १ हजार ३७१ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ८ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा उद्योग समूह १.५२ प्रतिशत, होटेल समूह ०.३८ प्रतिशत, निर्जीवन बीमा समूह ०.४७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.८५ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूिचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ८.११ प्रतिशतले भएको छ । त्यस्तै बैंकिङ्ग समूहको पनि परिसूचक ७.८१ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x