Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने

काठमाडौं, १६ मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यो वर्ष शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार (आज) सम्पन्न बैठकले आगामी २४ औं वार्षिक साधारण सभामा शेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी पुस १२ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् । कम्पनीको पुस १२ गते वार्षिक साधारण सभा हुने भएकाले शेयर दाखिला खारेज (बुक क्लोज) मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म हुने छ ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x