Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

खाद्य ऐन उल्लंघन गर्नेमा पानी उद्योग सबैभन्दा अगाडि

खाद्य ऐन उल्लंघन गर्नेमा पानी उद्योग सबैभन्दा अगाडि

काठमाडौं, १६ मंसिर । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको पाइएको छ । खाद्य ऐन उल्लंघन गर्ने पानी उद्योगलगायत मापदण्ड अनुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ ।
चालू आवको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १८९ नमूना संकलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएको राससमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेको उनको भनाइ छ ।
यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमूना संकलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् । खानेतेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई÷दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।
पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ उजुरी कारवाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना संकलन गरी कारबाही अघि बढाइएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेको बताइएको छ । विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x