Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मंगलबार सुनको मूल्य बढ्यो

मंगलबार सुनको मूल्य बढ्यो

काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू। ८९ हजार ५५० मा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको छ । सोमवार चाँदी प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x