Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गभर्नर अधिकारी दक्षिण पूर्वी एसियाका १९ केन्द्रीय बैंकका गभर्नर–प्रबन्ध निर्देशकहरूको बैठकमा सहभागी

गभर्नर अधिकारी दक्षिण पूर्वी एसियाका १९ केन्द्रीय बैंकका गभर्नर–प्रबन्ध निर्देशकहरूको बैठकमा सहभागी


काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर–प्रबन्ध निर्देशकहरूको छपन्नौं उच्चस्तरीय सेमिनार र चालीसौं बैठकमा सहभागी भएका छन् । अथोरिटी मनिटरी ब्रनाई दारेसलामका प्रबन्ध निर्देशक याङ मुलिया दयाङ हजाह रोकिया विन्तिफ बाडरको को अध्यक्षतामा सोमवार उक्त बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । उक्त बैठकमा सहभागी गभर्नर अधिकारीले द एसइएसीइएन सेन्टरको आगामी वर्षका लागि प्रस्तुत गरिएको नीतिगत प्रस्तावमाथि आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका अथोरिटी मनिटरी बु्रनाई दारेसलामका प्रबन्ध निर्देशक बाडरले निवर्तमान अध्यक्ष राभिफ मेनोनलाई उनको सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा पिपुल्स युएस बैंक अफ चाइनाका डेपुटी गभर्नर चेन युलुले ले अपच्र्युनिटी एण्ड च्यालेन्ज इन एडोप्टिङ सेन्ट्रल बैंक डिजिटल करेन्सी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त बैठकमा सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूबीच कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सोको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका सम्बन्धमा समेत छलफल भएको थियो । कोभिडको असर कायमै रहँदासम्म द एसइएसीईएन सेन्टरका सभा, बैठक, सम्मेलन, तालिम, गोष्ठीहरू भर्चुअल माध्यममार्पmत नै निरन्तरता दिनुपर्नेमा सदस्यहरू एक मत देखिएका थिए
उक्त भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकका तर्पmबाट कार्यकारी निर्देशकहरू गभर्नरको कार्यालयका डा. नेफिल मातंगी मास्के, आर्थिक अनुसन्धान विभागका डा. गुणाकर भट्ट, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेल तथा गभर्नरको कार्यालयका का.मु. निर्देशक नारायणप्रसाद पोख्रेलसमेतको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x