Shangrila

राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रू. ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । आज (बुधवार) केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको हो । बैंकले मंगलवार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । घटीमा रू. पाँच करोड र बढीमा रू. पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिने बताइएको छ ।
केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँट गरिनेछ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *