Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

घट्यो अन्तर्राष्ट्रिय उडान, आन्तरिकतर्फ उत्साह

घट्यो अन्तर्राष्ट्रिय उडान, आन्तरिकतर्फ उत्साह

काठमाडौं, १७ मंसिर । पछिल्लो समय मुलुकबाट अन्तर्राष्ट्रिय उडानमा कमी आएको छ भने आन्तरिक उडानमा उत्साह देखिएको छ । भदौ १६ देखि नियमित रूपमा शुरू भएको अन्तर्राष्ट्रिय उडान शुरुवातमा दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ ।
राससका अनुसार विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताएका छन् । नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुईवटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यस्तै नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङकङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङकङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।
त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पीसीआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहजनक रहेको विमानस्थल कार्यालयले बताएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीहरूको भनाइ छ । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको बताइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x