Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाले सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाले सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने

काठमाडौं, १७ मंसिर । राष्ट्रिय वाणिज्य बैंक र रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने जनाइएको छ ।

बैंकले विभिन्न शिर्षकमा १६ सय ६० जनालाई एक अर्ब २८ करोड रुपैंया भन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको छ । सहुलियतपूर्ण कूल कर्जा लगानीको ५० प्रतिशत भन्दा बढी कर्जा लगानी गरिसकेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x