Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

काठमाडौं, १७ मंसिर । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्न सक्ने व्यवस्था गरेको छ । बैंकले अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधालाई अझ सहज बैंकिङ्गको प्रत्याभूति गराउन ग्राहकलाई मोबाइल एपमा रहेको ‘फिक्स डिपोजिट’ आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।

यो खाता योजनाअन्तर्गत ग्राहकले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने छन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त हुने बैंकले जनाएको छ । त्यस्तै मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको बताएको छ ।

हाल एनआईसी एशिया बैंकले मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटीएम, ९९ वटा एक्स्टेन्सन काउण्टर र ७४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *