Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

प्रदेश १ मा यस वर्ष धान उत्पादन बढ्यो

प्रदेश १ मा यस वर्ष धान उत्पादन बढ्यो

विराटनगर, १८ मंसिर । प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६÷७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको यो प्रदेशमा यो वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन भएको छ ।
प्रदेशमा समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको निर्देशनालयले बताएको छ । प्रदेशमा कुल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यस वर्ष किसानले तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए । निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो भने १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन हुने निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठले जानकारी दिएको राससमा उल्लेख छ ।
चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भई कूल ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ ।
मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कूल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार ८०० हेक्टर जग्गामा दुई लाख २० हजार ४५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल नौ लाख ९५ हजार ३७७ मेट्रिकटन धान उत्पादन भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *