नेशनल लाइफको प्रस्तावित लाभांश घट्यो

काठमाडौं, १८ मंसिर । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि गरेको लाभांश आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरणको लागि प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ ।
यस अघि कम्पनीले २.५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल १७।५ प्रतिशत लाभांश घोषणा गरेको थियो । कम्पनीले कर प्रयोजनको लागि लाग्ने रकमको लागि ०.१३ प्रतिशत रकम नगद लाभांश बाट समायोजन गर्ने प्रस्ताव गरेको थियो ।