सुनको मूल्य एकै दिन प्रतितोला १६०० रुपैयाँ बढ्यो

काठमाडौं, १८ मंसिर । स्थानीय बजारमा बिहीबार (आज) सुनको मूल्य एकै दिन प्रतितोला १६०० रुपैयाँ बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा खदिर विक्री भएको छापावाला सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार १८५ रुपैयाँमा खरिद विक्री भएको चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *