छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १८ मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।