Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

सिमिकोट विमानस्थलको क्वाटरमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

सिमिकोट विमानस्थलको क्वाटरमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

काठमाडौं, १८ मंसिर । हुम्लाको सिमिकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयको दुईको घण्टा प्रयासपछि नियन्त्रणमा आएको हो ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

चिसोका कारण कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *