एनएमबि बैंकले तेस्रो पटक पनि पायो “बैंक अफ दि इयर” अवार्ड

काठमाडौं, १८ मंसिर । एनएमबि बैंकले सन् २०२० को “बैंक अफ दि इयर” अवार्ड हात पारेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिकाले सन् २०२० का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित बैंक अफ दि एयर २०२० नेपालबाट एनएमबि बैंकलाई प्रदान गरेको हो ।
पछिल्लो ४ वर्षमा बैंकले उक्त उपाधी पाएको यो तेस्रो पटक हो । बैंकको ब्यालेन्स सिटको आकार र यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेत समेटेको छ । उसले उल्लेखनीय प्रगति समेत हाँसिल गरेको छ ।
एनएमबिले आफैंलाई बैंकको रूपमा जुन काम भिन्न तरिकाले गर्दै आएको छ । त्यसले उसलाई संस्थागत विकास मात्रै नगरी सफल बैंकको रुपमा समेत अनुवाद गरेको बताइएको छ। बैंक अफ द इयरको उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।