Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

बिओकेको निक्षेप ग्राहकलाई पाँच लाखको बीमा दाबी भुक्तानी

बिओकेको निक्षेप ग्राहकलाई पाँच लाखको बीमा दाबी भुक्तानी

काठमाडौं, १९ मंसिर । बैंक अफ काठमाण्डूले सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुबिधा रहेको छ ।

यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले पाँच लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बीमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरिरहेका छन् । वस्तीले बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x