Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य शुक्रबार पनि बढ्यो

सुनको मूल्य शुक्रबार पनि बढ्यो

काठमाडौं, १९ मंसिर । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार (आज) पनि बढेको छ । हिजो एकै दिन प्रतितोला १६०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला ९२ हाजर ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावि सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x